राप्रपा नेपाल फेरि फुट्यो

फुटेर गएकाहरू नागिरक उन्मुक्ति जाने

नेपालभ्युज

राप्रपा नेपाल फेरि फुट्यो

काठमाडौं। कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फेरि फुटेको छ । अब राप्रपा नेपाल भन्ने पार्टीको अर्थ र औचित्य नभएको भन्दै पूर्वअध्यक्ष एवं हालका उपाध्यक्ष लाक्पा तामाङ समेतको समूहले छाडेपछि सो पार्टी फुटेको हो।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाबाट कमल थापा बाहिरिनुअघि राप्रपा नेपाल लाप्पाकै अध्यक्षतामा दर्ता थियो । कमल थापा आएपछि नासो फिर्ता गरेको भन्दै आफू पार्टीको उपाध्यक्ष बसेका लाक्पा तामाङले आजैदेखि सो पार्टी छाडेको बताएका छन् ।

तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

तामाङले गएको फागुनमा कमल थापालाई अध्यक्ष पद सुम्पिएका थिए । पार्टी अध्यक्ष नै एमालेको चुनाव चिन्ह लिएर चुनाव लडेपछि अब पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गरेको असन्तुष्ट समूहले जनाएको छ ।

कमल थापाले गएको मंसिर ४ को प्रतिनिधिसभाको निर्वाचनमा सूर्य चिन्ह लिएर एमालेसँग तालमेल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved