चस्मालाई लामो समय टिकाउने उपाए

नेपालभ्युज

चस्मालाई लामो समय टिकाउने उपाए

एजेन्सी । चस्मा तपाईं दुई प्रकारले लगाउनुहुन्छ । एउटा फेसन र अर्को हो आवश्यकता । जसको आँखा कमजोर भएको छ र लेन्सको आवश्यकता पर्दछ उनीहरु चस्मा लगाउँछन् ।

चस्मा सस्तो देखि महंगो सबै खालको पाइन्छ । सामान्यतयाः हामी चस्मा किन्दा आँखालाई पनि सुरक्षित हुने र अलिकति टिकाउ पनि होस् भन्ने चाहन्छौं ।

तर के तपाईंलाई थाहा छ ? चस्मालाई राम्रोसँग ख्याल गरिएन भने त्यो छिटै टुटफुट हुने, कोरिने वा खुकुलो हुने डर हुन्छ । त्यसैले अन्य लत्ता कपडा, जुत्ता जस्तै चस्माको पनि स्याहार आवस्यक हुन्छ ।

आउनुहोस् जानौं चस्मालाई कसरी सुरक्षित र टिकाउ बनाउन सकिन्छ ।

  • चस्माको लेन्स सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने खतरा रहन्छ । तसर्थ, लगाउँदा र फुकाल्दा विशेष ध्यान दिनुपर्छ ।
  • चस्माको लेन्स कडा टेबल या भुइँमा राख्नुहुँदैन, जसले लेन्स धमिलो हुन्छ ।
  • फेसनको नाममा टाउको वा निधारमा चस्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ ।
  • चस्माको लेन्स या फ्रेम अत्यधिक तापक्रममा खुइलिने तथा बिग्रिने हुन्छ । तसर्थ, ८० डिग्री फरेनहाइटभन्दा बढी तापक्रमबाट जोगाउनुपर्छ ।
  • चस्मा सफा गर्ने कपडा सधैँ सफा तथा नरम हुनुपर्दछ । फोहोर वा कडा खाले कपडा प्रयोग गर्दा कोरिने सम्भावना हुन्छ ।
  • चस्मा सफा गर्दा नरम साबुन र हल्का तातो पानीको प्रयोग गर्न सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved