विभिन्न रोगमा ल्वाङको औषधीय प्रयोग

नेपालभ्युज

विभिन्न रोगमा ल्वाङको औषधीय प्रयोग

एजेन्सी । प्राय मानिस ल्वाङलाई ‘माउथ रिफ्रेसर’ को रुपमा प्रयोग गर्छन् । यसलाई चिया मसला, गरम मसला लगायतमा पनि प्रयोग गरिन्छ । साथै यसलाई घरेलु औषधीको रुपमा झनै प्रयोग गर्न सकिन्छ ।

स्वामी रामदेवले आयुर्वेदअनुसार यसको औषधीय प्रयोग बारे बताएका छन् ।

स्वासमा दुर्गन्ध आए

ल्वाङमा पानी पकाई कुल्ला गर्ने र खाली पेटमा केही मात्रामा ल्वाङ मिश्रित पानी पिई बान्ता गर्दा स्वासको दुर्गन्ध घट्दछ ।

ल्वाङ र तोरीको तेल मिसाई दाँत एवं गिजा मोल्ने गर्दा पायरिया वा अन्य दाँत-गिजाको समस्याले आउने स्वासको गन्ध रोकिन्छ । ल्वाङ मुखमा राखी चुसिरहँदा पनि स्वासको दुर्गन्ध हट्छ ।

दाँत दुखेमा

ल्वाङ ४-५ वटा लिई थोरै नुनमा मिसाई पिस्ने र १ चम्चा तोरीको तेलमा घोल्ने । यसले दिनको ३-४ पटक दाँत माझ्ने र गिजामा पनि मालिस गर्ने, दाँत कीराले खाएको ठाउँमा केहीबेर यसलाई राखी च्याप्ने गर्दा दुखाइ ठीक हुन्छ ।

घाँटी दुखेमा

पानीमा ल्वाङ राखी पकाउने र पिउने एवं गालगुल गर्दा घाँटी दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सर्दी लागेमा

ल्वाङ पानीमा पकाई पिउँदा सर्दी, रुखाखोकी ठीक हुन्छ । चिसोले जीउ दुखेमा पनि कम हुन्छ ।

तलतल मेट्न

रक्सी, चुरोट, सूर्ती जस्ता पदार्थको सेवा हानिकारक हुन्छ । ती चीज खाने बानी हटाउन तलतल लाग्नासाथै ल्वाङ, सुकमेल पालैसँग खाने बानी गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved