‘अहिले मेरो कुरा हुँदैछ, अरु समस्याको समाधान छिट्टै हुन्छ’ : प्रचण्ड

नेपालभ्युज

‘अहिले मेरो कुरा हुँदैछ, अरु समस्याको समाधान छिट्टै हुन्छ’ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन् ।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूको प्रश्नको जवाफमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन: गृह मन्त्रालय दिन माग गरिरहेका तर, प्रचण्डले दिन नचाहेका कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

बिहीबार बसेकाे उसको बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो, जुन आज सकिँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved