कक्षा १२ को आवेदन फाराम खुल्यो, फागुन १५ सम्म फाराम भर्ने मिति

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।

नेपालभ्युज

कक्षा १२ को आवेदन फाराम खुल्यो, फागुन १५ सम्म फाराम भर्ने मिति

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।
आवेदन फाराम बुझाउने मिति यही माघ मसान्तसम्म तोकिएको छ। विलम्ब शुल्क तिरेर फागुन १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फाराम शुल्क ६ सय रुपैयाँ तोकिएको छ।

रजिस्ट्रेसन नम्बरका शुरूका दुई अङ्क ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मौका दिइने भएको छ।

कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरूको हकमा २०७९ सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ को सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी एवं आन्तरिक मूल्यांकनतर्फ सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved