मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन-थाती रहेका विधेयक तत्काल संसदमा पेश गर्नु

नेपालभ्युज

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन-थाती रहेका विधेयक तत्काल संसदमा पेश गर्नु

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाँझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे ।

मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए।

उनले भने, ‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसदलाई विजनेश दिने सन्दर्भमा आ आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईहरुले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ ।

त्यसमा हामी सबै लागि राखेका छौं । आज पनि हाम्रो प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरुको बैठक बसेर सो विषयमा छलफल गरिएको छ । रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस भन्नु भएको छ ।’

मन्त्री किरातीले संसदलाई विजनेश समेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयमा थाति रहेका विधेयकहरुलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved