‘१५ दिनको समय सीमामै संसद नियमावली निर्माण गर्छौं’

नियमावलीमा प्रश्तावनादेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेका छौँ । यो नियमावलीमा प्रत्येक पटक संसद अधिवेशन शुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास हो ।

नेपालभ्युज

‘१५ दिनको समय सीमामै संसद नियमावली निर्माण गर्छौं’

काठमाडौं ।  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद नियमावली निर्माण कार्यलाई तिब्रता दिएको छ । बुधवार संसद भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समय भित्र नै नियमावली निर्माण सक्नेगरी छलफल अघि बढाएको बताएको हो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले नियमावलीमा प्रस्तावदेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेको बताए । उनले नियमावलीमा प्रत्येक पटक संसद अधिवेशन शुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास रहेको र सोही अनुसार नियमावली निर्माण गर्न १५ दिनको समयमै सक्नेगरी नियमावली निर्माण प्रक्रिया अघि बढाइएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सांसदहरु तोकेको छ । हामी १३ गतेबाट पहिलो बैठकबाट नियमावलीको कामलाई अघि बढाएका छौँ । नियमावलीमा प्रश्तावनादेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेका छौँ । यो नियमावलीमा प्रत्येक पटक संसद अधिवेशन शुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास हो । त्यसैले सोही बमोजिम हामी नियमावली निर्माण गर्न १५ दिनको समय दिइएको छ, सोही बमोजिम छलफलका क्रममा छौँ ।’

प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सदस्य तोकेको छ । गत माघ १३ गते समितिको पहिलो बैठक बसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved