रविलाई प्रतिपक्षमा बस्न हर्कको सुझाव

नेपालभ्युज

रविलाई प्रतिपक्षमा बस्न हर्कको सुझाव

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाव दिएका छन् । सोमबार राति फेसबुकमा एक स्टाटस लेख्दै मेयर साम्पाङले रवि लामिछाने प्रतिपक्षमा नबसे अर्को चुनावमा एक सिटमा खुम्चने चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवी जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सीट मात्रै आउनेछ !’

केहि दिन अघि मात्रै सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसद र मन्त्री पदसमेत गुमेको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved