रविको मुद्दामा फैसला सुनाउने तयारी, सर्वोच्च परिसरमा थप सुरक्षाकर्मी परिचालन

सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी भएपछि अदालत वरिपरि सुरक्षाकर्मी थप गरिएको छ।

नेपालभ्युज

रविको मुद्दामा फैसला सुनाउने तयारी, सर्वोच्च परिसरमा थप सुरक्षाकर्मी परिचालन

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि अदालत वरिपरि सुरक्षाकर्मी थप गरिएको छ।

रविको नागरिकता मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतमा सुरक्षा तैनाथी बढाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप टोली सर्वोच्च अगाडि आएको छ। संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरू खाजापछि छलफलमा जुटेपछि साँझसम्म फैसला आउने अनुमान गरिएको छ।

अदालत स्रोतका अनुसार गत बुधबारदेखि सुरु भएको सो मुद्दामा अन्तिम सुनुवाइ सकिसकेको छ।

आजका लागि हेर्दाहेर्दैमा राखिएको सो मुद्दामा सुनुवाइ सकिएर संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले आजै निर्णय आउने प्रबल सम्भावना छ।
फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिइसकेको छैन।

यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको छ। यस्तै सर्वोच्चमा एसपीको कमान्डमा नियमित टोली पनि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved