गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

नागरिकता विवाद विचाराधीन रहेकै अवस्थामा गृहमन्त्री बनेका रविको नागरिकता पुनः प्राप्तिको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाइ गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ।

नेपालभ्युज

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

यसअघि बुधार इजलासमा एक जना न्यायाधीश हेरफेर गरेर सुनुवाइलाई निरन्तरता दिइएको थियो। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमान सिंह राउत हटेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषयको रिटमाथि बुधबारेदेखि अन्तिम सुनुवाइ सुरु भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए।

दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ।

नागरिकता विवाद विचाराधीन रहेकै अवस्थामा गृहमन्त्री बनेका रविको नागरिकता पुनः प्राप्तिको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाइ गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ।

पार्टीको संसदीय दलको नेतासमेत रहेका लामिछाने मन्त्री बनेपछि उनको नागरिकतामाथि हुने अनुसन्धान प्रभावित भइसकेपनि उनी सांसद र मन्त्री बन्न पाउने नपाउने विषयमा निर्णय हुने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved