प्रेमप्रसादको निधनमा माफी माग्दै गृहमन्त्रीले भने- हाम्रो आगमनले समेत उत्साह नथपेकोमा दु:खी छु

बुधबार विहान फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले  आफू जस्ता नयाँ राजनीतिक दल र व्यक्तिले पनि आसा र उत्साहत जगाउन नसकेको भन्दै माफी मागेका छन् ।

नेपालभ्युज

प्रेमप्रसादको निधनमा माफी माग्दै गृहमन्त्रीले भने- हाम्रो आगमनले समेत उत्साह नथपेकोमा दु:खी छु

काठमाडौं।  गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनमा आफू पनि दोषी रहेको भन्दै माफी मागेका छन् ।

इलामका आचार्यले मंगलबार संसद भवन अगाडि आगो लगाएर आत्मदाह गरेका छन् । बुधबार विहान फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले  आफू जस्ता नयाँ राजनीतिक दल र व्यक्तिले पनि आसा र उत्साहत जगाउन नसकेको भन्दै माफी मागेका हुन् ।

‘यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्,’ उनले लेखेका छन् ।

आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम  भएको भन्दै गृहमन्त्री लामिछानेले लेखेका छन् ‘यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन।’

यो पनि पढनुहोस :

प्रेमप्रसादको निधन राज्यको असफलता र भयानक संकेत हो : बालेन शाह

संसद भवन अगाडी आफ्नै शरिरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved