कसैलाई अँगालो हाल्दा शरीरमा कस्तो प्रभाव पर्छ ?

नेपालभ्युज

कसैलाई अँगालो हाल्दा शरीरमा कस्तो प्रभाव पर्छ ?

एजेन्सी । यदि कसैले अप्ठ्यारो अवस्थामा अँगालो हाल्यो भने तनाव कम हुन्छ । अनुसन्धानका अनुसार यो महिलाको सन्दर्भमा बढी हुने गरेको पाइएको छ ।

७६ जनामा गरिएको अनुसन्धानमा महिलाले अँगालो हाल्दा ती व्यक्तिमा कोर्टिसोल नामक तनाव सिर्जना गर्ने हर्मोन कम उत्पादन हुने कुरा पत्ता लागेको थियो ।

यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो । अन्वेषकका अनुसार कोर्टिसोलले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ ।

जब एक व्यक्तिले मायाले अँगालो हाल्छ, अक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ । यसले कोर्टिसोलको प्रभावलाई कम गर्छ ।

यस्तै अनुसन्धान सन् २०१८ मा पनि गरिएको थियो । भनिन्छ, नकारात्मक घटनापछि कसैलाई अँगालो हाल्दा मानिसलाई सकारात्मक महसुस हुन्छ ।

वैज्ञानिक पनि भन्छन् कि अँगालो हाल्नु अघि अगाडिको व्यक्तिलाई आवश्यक छ वा छैन भनेर बुझ्नुहोस्, किनकि अगाडिको व्यक्तिको अवस्थाले मात्रै अँगालो हाल्दा यसको प्रभाव बताउन सक्छ । यस अध्ययनको नतिजा नेचर जर्नलमा प्रकाशित भएको छ ।

किन पुरुषको अंगालोले कोर्टिसोल कम गर्दैन ?

अनुसन्धानका अनुसार यसको सामाजिक कारण पनि हुन सक्छ । धेरै पुरुषहरु अँगालोमा राम्रो महसुस गर्दैनन्, किनकि उनीहरुलाई सामाजिक रुपमा असामान्य वा अप्ठ्यारो रुपमा हेरिन्छ । अर्को कारण एक महिला र एक पुरुषबीचको स्पर्श पनि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved