नेपालमा ३० वर्षयताकै ठूलो खडेरी, सोमबारदेखि पानी पर्ने सम्भावना

नेपालमा मंसीर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिन्छ । यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले बताए ।

नेपालभ्युज

नेपालमा ३० वर्षयताकै ठूलो खडेरी, सोमबारदेखि पानी पर्ने सम्भावना
फाइल तश्वीर

काठमाडौं। यसपालिको हिउँदमा ३० वर्ष ठूलो खडेरी परेको छ । मौसम विज्ञान विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि सन् २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शुन्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांक छ । अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव १ मिलिमिटर पानी परेको थियो ।

नेपालमा मंसीर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिन्छ । यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले बताए ।

यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुको साथै वहुआयामिक असर पर्ने जलवायु एवम् विपतविज्ञ उप्रतीले बताए ।

यसैबीच सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहिबार सम्म काठमाण्डौ लगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । वर्षा र हिमपात पश्चिमबाट सुरु हुने भएकाले मध्य र पूर्वमा पुग्न समय लाग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved