राप्रपा नेपालले डाक्यो पार्टीको केन्द्रीय समिति बैठक

नेपालभ्युज

राप्रपा नेपालले डाक्यो पार्टीको केन्द्रीय समिति बैठक

काठमाडौं। राप्रपा नेपालको पदाधिकारी बैठक जारी छ । ग्रिनलिप्स रिसोर्टमा जारी बैठकमा आगामी माघ ९ गतेदेखि काठमाडौंमा हुने केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा छलफल भइरहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, सङ्गठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नेछन् । केन्द्रीय समितिमा प्रस्तुत हुने प्रतिवेदनमाथि पदाधिकारीले टिप्पणी सहित आफ्नो धारणा राख्ने क्रम जारी रहेको बर्तौलाले बताए ।

समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरूमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए । आगामी माघ ९ र १० गते पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved