‘ए’ डिभिजन लिगको खेलतालिका सार्वजनिक

नेपालभ्युज

‘ए’ डिभिजन लिगको खेलतालिका सार्वजनिक

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका टाइसिट ड्र सार्वजनिक गरेको छ । शुक्रबार एन्फाले खेलको पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

लिगको उद्घाटन खेलमा खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। फागुन १९ गते दशरथ रंगशालामा हुने खेल बेलुकी साढे ५ बजे सुरू हुनेछ ।

एफसी खुमलटार र चर्च ब्वाईज युनाईटेड फुटबल क्लबले यसै लिगबाट ए डिभिजनमा डेब्यू गर्दैछन्। फागुन २० गते चर्च ब्वाईजले नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ। खेल च्यासल मैदानमा साढे २ बजे सुरू हुनेछ ।

लिगका खेलहरू रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा खेलाइने एन्फाले जनाएको छ।

हेर्नूस् खेलतालिका;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved