गैर राजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु आफैँमाथि विश्वास नगर्नु होः सुवास नेम्वाङ

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  नेम्वाङले  यस्तो बताएका हुन् ।

नेपालभ्युज

गैर राजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु आफैँमाथि विश्वास नगर्नु होः  सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् ।  बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  नेम्वाङले  यस्तो बताएका हुन् ।

उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताए । उनले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए । उनले प्रतिनिधि सभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए ।

उनले भने, ‘आजको प्रतिष्पर्धा सहमति, लोकतन्त्रको विधि, प्रक्रिया अनुसारको प्रतिष्पर्धा हो । जुन हामी सबैले स्वीकारेका छौं । सभामुखले अब हामीले विश्वास गरेको जस्तो गरेर सबैको विश्वास जितेर काम गर्नुपर्छ ।  मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ ।’

‘जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ । बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ । गैर राजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरुले आफैँमाथि गरेको अविश्वास हो । राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ,’ उनले भने ।

सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved