बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए अत्यधिक मत, कांग्रेस पनि पक्षमा

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभा बैठकबाट ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका छन् । उनलाई ६ दलका सांसदले विश्वासको मत दिए ।

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए अत्यधिक मत, कांग्रेस पनि पक्षमा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।  मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभा बैठकबाट ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका छन् ।

उनलाई ६ दलका सांसदले विश्वासको मत दिए । नेपाल मजदुर किसान पार्टीका तीन सांसदले मात्रै विपक्षमा मत दिएका थिए । कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । तर उसले प्रतिपक्षीको भूमिकामा रहने बताएको छ ।

नेमकिपाका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले प्रतिपक्षमा बसेर सरकारलाई झक्झकाईरहने बताए । पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ११, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले बिश्वासको मत दिएका हुन ।

राप्रपाकी सांसद लक्ष्मी घिमिरे अनुपस्थित भएकी थिइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved