वायु सेवा निगमका विकृति हटाउने पर्यटनमन्त्रीको प्रतिवद्धता

सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई गौरव गर्न लायक संस्थाका रूपमा विकास गर्ने बताए । उनले हवाई उडान सुरक्षित बनाउनका लागि काम गर्ने समेत बताए ।

नेपालभ्युज

वायु सेवा निगमका विकृति हटाउने पर्यटनमन्त्रीको प्रतिवद्धता
फाइल फोटो

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा देखिएका विकृति/विसंगति हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई गौरव गर्न लायक संस्थाका रूपमा विकास गर्ने बताए । उनले हवाई उडान सुरक्षित बनाउनका लागि काम गर्ने समेत बताए ।

आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने भन्दै उनले कोरोनाले समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न लागिपर्ने प्रतिवद्धता जनाए ।

भोजपुरबाट सांसद बनेका किराती पहिलो पटक मन्त्री बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved