उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टीले भन्यो- हामीमाथि बेइमानी भयो

'आकस्मिक बैठक बस्दै'

आफूले मागेको मन्त्रालय नपाएपछि जनमत पार्टीले चर्को असन्तुष्टि जनाएको छ । उसले सरकारमा सामेल हुने/नहुनेबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । 

नेपालभ्युज

उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टीले भन्यो- हामीमाथि बेइमानी भयो

काठमाडौं । आफूले मागेको मन्त्रालय नपाएपछि जनमत पार्टीले चर्को असन्तुष्टि जनाएको छ । उसले सरकारमा सामेल हुने/नहुनेबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।

जनमतले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो । मंगलबार (आज) गरिएको कार्यविभाजनअनुसार उसले खानेपानी मन्त्रालय पाएको छ । यसमा जनमतले विरोध जनाएको हो ।

पार्टीका तर्फबाट मन्त्री बनेका अब्दलु खानले भनेका छन्, ‘हामीलाई किन उद्योग दिइएन । त्यसको स्पष्ट कारण चाहिन्छ ।’

उनले थपे, ‘हामीमाथि बेइमानी भयो । यसलाई हामी सहेर बस्दैनौँ । सरकारमा सँगै रहिसकेपछि सबै काम सहमतिबाट टुङ्गिनुपर्छ । हामीलाई जानकारी पनि छैन, केही पनि छैन । यो बेइमानीबाहेक केही होइन ।’

आफूले मागेकोभन्दा फरक मन्त्रालय पाएपछि जनमतको बैठक बसिरहेको छ । बैठकले निर्णय गरेपछिमात्रै पदभार ग्रहण गर्ने कि नगर्नेबारे तय हुने मन्त्री खानले बताए ।

नेपालभ्यूजसँग उनले भने, ‘हामीले आकस्मिक बैठक बोलाएका छौँ । बैठकको निर्णयअनुसार मात्रै हामी चल्छौँ ।’ जनमतले मागेको उद्योग मन्त्रालय भने एमालेका दामोदर भण्डारीले पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved