विमान दुर्घटना

२४ वटा शवको पोखरामै पोष्टमार्टम, ४६ वटा शव हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

नेपालभ्युज

२४ वटा शवको पोखरामै पोष्टमार्टम, ४६ वटा शव  हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

कास्की । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ वटा शवको पोखरामा पोस्टमार्टम भइरहेको छ ।

ति शव परिवारलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पोखरामा रहेका शवहरु केहीको पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको उनले बताए । अहिले पनि पोस्टमार्टमको काम भइरहेको छ ।

सदाकत अलि मिया, त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धि पौडेल, जीवनकला गुरुङ, डा. गणेश थापा, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङको शवको पोखरामा पोस्टमार्टम हुने भएको छ ।

बाँकी ४६ जनाको शव आज बिहान काठमाण्डौं पठाउने तयारी छ। काठमाण्डौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ । अहिले बिहान हेलिक्टरमार्फत् शव काठमाण्डौं लगिने शाहीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved