विमान दुर्घटना अपडेट : चालक दलका ४ र ६८ जना यात्रु सवार रहेको पुष्टि

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनास्थलमा उद्दारको काम भइरहेको बताए । विमानबाट अहिलेसम्म ३० जनालाई मृत अवस्थामा निकालिएको छ । केही घाइतेलाई अस्पताल पुर्‍याइएकाे छ ।

नेपालभ्युज

विमान दुर्घटना अपडेट : चालक दलका ४ र ६८ जना यात्रु सवार रहेको पुष्टि

पोखरा। पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट १० बजेर ३३ मिनेट जाँदा उडेको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटना भएको हो ।

९ एन ईएनसी नम्बरको यति एयरलाइन्सको विमान दुर्घटना भएको कम्पनीले पुष्टि गरेको छ । विमानमा चालक दलका सदस्य ४ र  ६८ जना यात्रु सवार रहेको यति एयरलाइन्सका संचार संयोजक सुदर्शन बर्तौलाले जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनास्थलमा उद्दारको काम भइरहेको बताए । विमानबाट अहिलेसम्म ३० जनालाई मृत अवस्थामा निकालिएको छ । केही घाइतेलाई अस्पताल पुर्‍याइएकाे छ ।

दुर्घटनाको १५ मिनेटमै नेपाली सेना घटनास्थल पुगे पनि आगाे र धुवाँकाे मुस्लोले गर्दा उद्धारमा गर्न कठिनाइ भएको बर्तौलाले  बताए ।

आकाशमै विमानमा आगाे लागेकाे जनाइएको छ । जहाजमा चरा ठाेकिएकाे आशंका समेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved