किमसँगको सम्बन्धविच्छेदपछि बियांकासँग विवाह बन्धनमा बाँधिए र्‍यापर कान्ये 

नेपालभ्युज

किमसँगको सम्बन्धविच्छेदपछि बियांकासँग विवाह बन्धनमा बाँधिए र्‍यापर कान्ये 

एजेन्सी। अमेरिकी र्‍यापर तथा संगीतकार कान्ये वेस्टले यिजीकी डिजाइनर बियांका सेन्सोरीसँग विवाह गरेको समाचार छ । कान्ये हराएको हल्ला चलिरहँदा उनको विवाहको खबरले उनका फ्यानहरू आश्चर्यमा परेका छन् । तर, विवाहबारे कान्ये वा वियांकाको प्रतिनिधिहरूले पुष्टि भने गरेका छैनन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले वियांका कान्येका पूर्वपत्नी किम कार्डासियनजस्तै देखिने टिप्पणी गरेका छन् । केहीले उनलाई ‘खैरो कपाल भएकी किम’ भनिरहेका छन् भने कसैले ‘किम के भाग–२’ भनेका छन् ।

किमसँग सम्बन्धविच्छेद भएपछि हाल ‘ये’ भनेर चिनिने कान्येको धेरै महिलासँग नाम जोडिएको थियो । जसमा नायिका जुलिया फाक्स र मोडल इरिना सायेक किम र कान्येले सन् २०२१ को फेब्रुअरीमा सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेका थिए । दुवैले सन् २०२२ मा आधिकारिकरूपमा सम्बन्ध विच्छेद गरेका थिए । बियांका र कान्येलाई यसअघि विवाहको औँठी लगाएर सँगै डिनर खाएको देखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved