कर्णालीको सभामुखमा एमालेका गुरुङ्ग र कांग्रेसका पोखरेलबीच प्रतिस्पर्धा हुने

कर्णालीको सभामुखमा एमालेका गुरुङ्ग र कांग्रेसका पोखरेलबीच प्रतिस्पर्धा हुने

सुर्खेत। माघ १ गते निर्वाचन हुने कर्णाली प्रदेशसभा सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेले कर्णालीका नन्दा गुरुङ्ग र नेपाली कांग्रेसका खड्क पोखरेलले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सभामुख हुनका लागि बहुमत संख्या २१ चाहिन्छ । कर्णालीमा ४० सदस्यमध्ये नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक-एक जना सांसद छन् ।

कर्णालीमा माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी र राप्रपा एक-एक जनाले सरकारलाई समर्थन गरेका छन् । सत्ता समीकरण गरेका दलहरूको स्पष्ट बहुमत हुने देखिन्छ ।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको र उपसभामुख  माओवादी केन्द्रको भागमा परेको छ ।

सभामुखको उम्मेदवार भएकी एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् । यस्तै, कांग्रेसबाट उम्मेदवार बनेका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved