स्वास्थ्यमा फेरि समस्या देखिएपछि पूर्वअर्थमन्त्री पुन सुमेरु अस्पतालमा भर्ना

नेपालभ्युज

स्वास्थ्यमा फेरि समस्या देखिएपछि पूर्वअर्थमन्त्री पुन सुमेरु अस्पतालमा भर्ना

काठमाडौं। पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका छन् ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

शुक्रबार रोल्पाको होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण कार्यक्रममा भने सहभागी हुन सकेनन्।

जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि  यसअघि पनि चीनमा उपचार गराएर फर्किएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved