सुनको मूल्य यो साता  १६ सयले बढ्यो

नेपालभ्युज

सुनको मूल्य यो साता  १६ सयले बढ्यो

काठमाडौ‌ं। यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा तोलामा १ हजार ६०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । शुक्रबारसम्म आइपुग्दा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै, यसबीचमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँ पुगेको छ ।

आइतबार एकै दिन १ हजार रुपैयाँले सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार ५०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ४०० ले घटेको थियो । यस्तै, बुधबार ३०० ले घटेको सुनको मूल्य बिहीबार २०० र शुक्रबार ५०० ले बढेको महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved