राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने, मन्त्रालयको टुङ्गो लाग्दै

लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने राप्रपाका एक नेताले बताए। यद्यपि राप्रपालाई कति वटा र कुन कुन मन्त्रालय दिने भन्ने विषयमा सहमति जुट्न बाँकी छ।

नेपालभ्युज

राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने, मन्त्रालयको टुङ्गो लाग्दै
फाइल तस्वीर

काठमाडौं। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा सहभागी हुन लागेको हो।

लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने राप्रपाका एक नेताले बताए। यद्यपि राप्रपालाई कति वटा र कुन कुन मन्त्रालय दिने भन्ने विषयमा सहमति जुट्न बाँकी छ।

यसअघि राप्रपाले सरकारलाई समर्थन गर्न तथा सरकारमा जान राष्ट्रिय एकता दिवसको दिन बिदा माग गरेको थियो। सो माग पुरा भइसकेको छ।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सत्ता साझेदार दलहरूको बैठक जारी छ । बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ। सत्ता साझेदार दलहरूबीच कसलाई कति वटा मन्त्रालय दिने भन्ने टुङ्ग्याउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved