मकवानपुरमा स्कुटरलाई गाडीले ठक्कर दिँदा ३ जनाको ज्यान गयो, गाडी फरार

नेपालभ्युज

मकवानपुरमा स्कुटरलाई गाडीले ठक्कर दिँदा ३ जनाको ज्यान गयो, गाडी फरार

मकवानपुर।  मकवानपुरमा गाडीले स्कुटरलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । गएराती १० बजेतिर मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट ३ जनाको ज्यान गएको छ । ठक्कर दिने गाडीको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए । मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved