घनश्याम भुसाल एकिकृत समाजवादीमा प्रवेश गर्दै, कम्युनिष्ट पार्टी एक बनाउन पहल गर्ने

नेपालभ्युज

घनश्याम भुसाल एकिकृत समाजवादीमा प्रवेश गर्दै, कम्युनिष्ट पार्टी एक बनाउन पहल गर्ने

काठमाडौं । नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल आज शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दैछन् ।

शुक्रवार २ बजे नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए ।

तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उनले झन चर्को विरोध गरे । यस्तै चितवन महाधिवेशनमा पनि ओलीको निर्देशन विपरीत भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

गएको मङ्सिर ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उनले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिए । तर पराजित भए ।

भुसालले अब एकीकृत समाजवादीमा रहेर ठूला कम्युनिष्ट पार्टीलाई एक बनाउन पहल गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved