सुदूरपश्चिममा मुख्यमन्त्री रावलले सम्हाले कार्यभार, माओवादीका भट्ट बने मन्त्री

रावलसँगै माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोषकुमारी शर्मा थापाले मन्त्रीको शपथ लिएका छन् । शपथ लगत्तै मुख्यमन्त्री रावलले सलामी लिएका थिए । 

नेपालभ्युज

सुदूरपश्चिममा मुख्यमन्त्री रावलले सम्हाले कार्यभार, माओवादीका भट्ट बने मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री रावलसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् ।

एमाले संसदीय दलका नेता रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

रावलसँगै माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोषकुमारी शर्मा थापाले मन्त्रीको शपथ लिएका छन् । शपथ लगत्तै मुख्यमन्त्री रावलले सलामी लिएका थिए ।

मुख्यमन्त्रीमा दाबा गरिरहेका भट्ट उक्त पद एमालेको भागमा परेपछि मन्त्री बन्न तयार भएका हुन् । उनी डडेलधुराबाट निर्वाचित भएका थिए । थापा भने समानुपातिक सांसद हुन् ।

सुदूरपश्चिममा एमाले र माओवादीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति छ । सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी, राप्रपाले भने पहिलो चरणमा सरकारमा गएनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved