बागमतीको सभामुखमा तीन जनाको उम्मेदवारी, राप्रपाका पाठक पक्कापक्की

बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्।

बागमतीको सभामुखमा तीन जनाको उम्मेदवारी, राप्रपाका पाठक पक्कापक्की

काठमाडौं। बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्।

उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन्।

नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ छन्।

सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ः०० बजेसम्मका लागि तोकिएको थियो। बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभामा एक सय १० जना सांसद छन्।

सत्ता गठबन्धनबाट राप्रपाका पाठक पक्कापक्की

११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)का २७, नेकपा(माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन्।

सात दलीय सत्ता गठबन्धनको भागबन्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरूको साथ रहेको छ।

सत्ता साझेदार दलको बहुमत भएकाले पाठक नै सभामुख हुने पक्का जस्तै छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved