प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम निर्विरोध निर्वाचित

नेपालभ्युज

प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम निर्विरोध निर्वाचित

विराटनगर। प्रदेश-१ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उनी ओखलढुंगा प्रदेशसभा २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन् ।

कांग्रेसले मनोनयन दर्ता नगरेको यस प्रदेशमा सत्तागठबन्धनबाट गौतमको एकल उम्मेदवारी परेको थियो । आजै दिउँसो १ बजे गौतमले शपथ लिनेछन् ।

ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved