घनश्यामको प्रस्ताव- एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी हिजोकै ठाउँमा फर्किऔँ

वाम एकताका लागि नेकपा (एकीकृत समाजवादी) ले गठन गरेको कार्यदललाई पेश गरेको दस्तावेजमा यस्तो प्रस्ताव गरेका हुन् ।

नेपालभ्युज

घनश्यामको प्रस्ताव- एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी हिजोकै ठाउँमा फर्किऔँ

काठमाडौं । वामपन्थी नेता घनश्याम भूसालले वाम शक्तिहरू एकठाउँमा नआइ नहुने बताएका छन् । वाम एकताका लागि नेकपा (एकीकृत समाजवादी) ले गठन गरेको कार्यदललाई पेश गरेको दस्तावेजमा यस्तो प्रस्ताव गरेका हुन् ।

‘नेकपा विभाजन लोकतान्त्रिक स्थीरता र समृद्धि तथा समाजवादको सम्भावनामाथि प्रहार थियो । त्यो पार्टी विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेका छन् । अर्थात् माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यहि आधार शिविरमा
नफर्की सुखै छैन,’ उनले दस्तावेजमा भनेका छन् ।

त्यसअघि उनले भनेका छन्, ‘संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र सङ्घर्षका अगुवा एमाले र माओवादी केन्द्रजस्ता दुईवटा ठूला कम्युनिष्ट पार्टीहरूले एउटै घोषणापत्रका आधारमा निर्वाचन लड्नु, संसद्‌मा असाधारण बहुमत ल्याउनु र समाजवाद निर्माण गर्ने कार्यदिशाका आधारमा एकीकृत हुनु सैद्धान्तिक र साङ्गठनिक दुवै हिसाबले महत्त्वपूर्ण थियो । त्यो एकता हाम्रो समाजवादी क्रान्तिका लागि एउटा नयाँ आधार शिविर थियो, अगाडि बढ्नका लागि धेरै अवसरको ढोका खुलेको थियो । तर त्यस संसद्‌को विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनले समाजवादतर्फ रूपान्तरणको असाधारण सम्भावनालाई भत्काएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved