खालीपेटमा यी खानेकुरा खाँदै नखानुस

नेपालभ्युज

खालीपेटमा यी खानेकुरा खाँदै नखानुस

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । कुनै पनि खाना खाने उचित समय हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थ्यमा नराम्रो असर पर्न सक्छ ।

आज हामी तपाईंसँग खालीपेटमा खान नहुने खानाबारे बताउँनेछौं । जसलाई खालीपेट खाँदा शरीरमा विभिन्न समस्या देखिन सक्छन् ।

मसालेदार खाना

कहिल्यै पनि खालीपेटमा मसालेदार खाना नखानुहोस् । यसमा प्राकृतिक एसिड हुने गर्छ जसले खाना पचाउने प्रक्रियालाई बिगार्ने गर्छ । यसका कारण पेटमा धेरै समस्या देखिने गर्छ ।

अल्कोहल

रक्सी त्यसै त स्वास्थ्यका लागि हानिकारक हुन्छ । खालीपेटमा रक्सीको सेवन गर्नाले झन् स्वास्थ्य बिगार्ने काम गर्छ । यसले पेटमा जलनको समस्या निम्त्याउँछ ।

मेडिसिन

प्राय अधिकांश औषधी खालीपेटमा नखाने खालका हुन्छन् । त्यस्ता औषधी चिकित्सकले केही खाएर मात्रै खान भनेका हुन्छन् । किनभने औषधीले एसिडको समस्या निकाल्छ र त्यसले ग्याष्ट्रिक गराउँछ ।

टमाटर

यसमा अधिक एसिड हुन्छ । यसलाई खालीपेटमा खाँदा अघुलनशील जेल निर्माण गर्ने काम गर्छ । जसका कारण पेटमा स्टोन निर्माण हुन्छ । किनभने टमाटरमा भिटामिन ए, सी, के, फोलेट र पोटासियम पाइन्छ ।

केरा

खालीपेटमा केरा खाँदा शरीरमा म्याग्नेशियमको मात्रा धेरै बढ्न जान्छ । जसका कारण शरीरमा क्याल्सियम र म्याग्नेशियमको मात्रा असन्तुलन हुन जान्छ । बिहान खाली पेटमा केरा नखानुहोस् ।

कफी

खालीपेटमा कफीको सेवन गर्नु निकै घातक हुन सक्छ । कफीमा क्याफिन हुन्छ जसका कारण खाली पेटमा नराम्रो असर पार्ने गर्छ । केही कुरा खाएपछि मात्र कफी खाने गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved