प्रचण्डलाई विश्वासको मत दिने नेपालको संकेत, भने-चाहदैनौं कि छिनछिनमा सरकार परिवर्तन होस् ’

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन्। संसद्को पहिलो बैठकमा सम्बोधन गर्दै छिटोछिटो सरकार परिवर्तन होस भन्ने पक्षमा पार्टी नभएको बताएका छन्।

नेपालभ्युज

प्रचण्डलाई विश्वासको मत दिने नेपालको संकेत, भने-चाहदैनौं कि छिनछिनमा सरकार परिवर्तन होस् ’
फाइल फोटो

काठमाडौं। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन्।

संसद्को पहिलो बैठकमा सम्बोधन गर्दै छिटोछिटो सरकार परिवर्तन होस भन्ने पक्षमा पार्टी नभएको बताएका छन्।

भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने तय भएको उल्लेख गरेका उनले एकीकृत समाजवादीले के गर्छ भन्ने चाहिँ खुलाएनन्।

उनले भने, ‘‘हामी पनि चाहनौं कि छिनछिनमा सरकार परिवर्तन होस्। विगतको अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ । विगतको शिक्षाबाट राम्रो ढङ्गले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नु पर्छ।’’

एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले भोलि संसदमा विश्वासको मत लिँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved