बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमकट्टेल नियुक्‍त

नेपालभ्युज

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमकट्टेल नियुक्‍त

हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्‍त भएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमकट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

७० प्रदेश सभा सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। बागमती प्रदेशसभामा ११० जना सांसद छन् ।

मुख्यमन्त्री जमकट्टेललाई नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।

विपक्षमा कांग्रेसका ३७ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद छन् । माओवादी पोलिटब्युरो सदस्य समेत रहेका जमकट्टेल अघिल्लो पटक मन्त्री प्रदेश मन्त्री थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved