जनमत र नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धन

नेपालभ्युज

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धन

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धन बनेको छ । दुई दलले आगामी दिनमा एउटै मोर्चा बनाएर अघि बढ्ने सहमति गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ गर्नुपर्ने , लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक पास गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, संविधान संशोधनलगायतका विषय सहमति पत्रमा समेटिएका छन् ।

साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर संघ र प्रदेश सरकारमा सहभागी हुने पनि दुवै दलको सहमतिपत्रमा उल्लेख छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved