अमेरिकामा ६ वर्षका बालकले शिक्षिकालाई गोली हाने, प्रहरीलाई ‘गम्भीर संकेत’

नेपालभ्युज

अमेरिकामा ६ वर्षका बालकले शिक्षिकालाई गोली हाने, प्रहरीलाई ‘गम्भीर संकेत’

एजेन्सी। अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।

पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । त्यति सानो बच्चाले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

बालकलाई हिरासतमा राखिएको छ । ६ वर्षका बालकले नै गोली चलाउनु अमेरिकामा बन्दुकको आतंकबारे निकै डरलाग्दो संकेत भएको प्रहरीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved