संसदको गतिविधिलाई प्राथमिकता दिन ओलीको निर्देशन

नेपालभ्युज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढन अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई सचेतसमेत गराए ।

काठमाडौंमा शनिबारदेखि सुरु भएको पार्टीका सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरू केन्द्रित हुनुपर्ने बताएका हुन्।

‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरि बस्ने र खासगरी हामी सांसदहरूलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरु बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन’ उनले भने ।

अध्यक्ष ओलीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउँदै संसदीय दलको बैठक जति बजे बोलायो, त्यतिबजे उपस्थित हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved