काठमाडौं । दुई दिनदेखि अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी नै सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीको जंगलमा जमिन भासिएर अवरुद्ध भएको सडक हिजो दिउँसोदेखि भने एकतर्फी सञ्चालनमा आएको थियो । सडक छेउमा फसेको ट्रकका कारण बाटो अवरुद्ध भएको थियो । भासिएको ट्रक निकालेपछि अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको हो ।

सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा चल्न थालेका छन् ।
सडक विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् ।
गत वर्ष पनि सोही स्थानको डाइभर्सन बगाउँदा दुई दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो ।सडक विस्तारको काम सुस्त हुँदा लाखौं यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् । रासस
Facebook Comment
Comment