दाइजोविरुद्धको कसूरमा डा‍. पंकज चौधरी पुर्पक्षका लागि जेल चलान

दाइजोविरुद्धको कसूरमा डा‍. पंकज चौधरी पुर्पक्षका लागि जेल चलान

जनकपुरधाम । महोत्तरीमा निकै चर्चा पाएको नेहा चौधरी र पंकज चौधरीको दाइजो र घरेलु हिंसा मुद्दामा पंकज चौधरीलाई जेल चलान गरिएको छ।

दाइजोसम्बन्धी कसुरमा महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का डा.पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

औरही–१ की उनकी पत्नी २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा पुस २२ गते भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुक मार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको सार्वजनिक गरेकी थिइन्।

पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।

पंकजले बिहेअघि नै २५ लाख रुपैयाँ दाइजो लिएको नेहाको दाबी छ।

नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्य विरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।

नेहाले पति पंकज विरुद्ध ०७९ असोज २१ गते महोत्तरी जिल्ला अदालतमा घरेलु हिंसा विरुद्ध निवेदन दिई कात्तिक ४ गते उजुरी गर्ता गराएकी हुन् भने मङ्सिर १९ गते सोही अदालतमा दाइजोका विरुद्धमा पनि मुद्दा दायर गरेकी छिन् ।

उनका श्रीमान पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

जाहेरीवाली नेहाको तर्फबाट महोत्तरी जिल्ला सरकारी वकिल मनोज कुमार गुप्ता र रिंकु कुमारी यादवले बहस गरेका थिए भने पंकजको तर्फबाट विजय ठाकुर र शंकर गुवाजुले बहस गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved