मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान

नेपालभ्युज

मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान

जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन्।

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम पुस २ गते पेस हुन आएकोमा प्राप्त निर्वाचन परिणामबाट मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते बिहीबार दिउँसो ४ः०० बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए।

मधेश प्रदेशसभामा १०७ जना सांसद छन्। सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved