गृहमन्त्रालयको निर्देशनपछि सुर्खेतको पनि अवैध क्रसर उद्योग बन्द हुने

सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि सुर्खेतमा पनि अवैध क्रसर उद्योग बन्द गरिने भएका छन्। कानुन विपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गरिने भएका हुन्।

नेपालभ्युज

गृहमन्त्रालयको निर्देशनपछि सुर्खेतको पनि अवैध क्रसर उद्योग बन्द हुने

सुर्खेत। सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि सुर्खेतमा पनि अवैध क्रसर उद्योग बन्द गरिने भएका छन्। कानुन विपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गरिने भएका हुन्।

गृह मन्त्रालयले प्रचलित कानुनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएपछि सुुर्खेत जिल्ला भित्र सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी बालुवा उत्खनन तथा प्रशोधनका कार्यमा संलग्न भएका क्रसर उद्योग बन्द गरिने भएका हुन्।

विभिन्न आयोजना विकास तथा निर्माण प्रयोजनका लागि सञ्चालित भएका तर, हाल उक्त प्रयोजनमा र आयोजना समाप्तिपछि सञ्चालनमा रहेको क्रसर उद्योगहरू बन्द गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

‘अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्नका लागि सूचना जारी गरिएको छ’ उनले भने, ‘सबै स्थानीय तह र सुरक्षा निकायलाई समेत यस्ता उद्योगको निगरानी गर्न र बन्द गराउन अनुरोध गरिएको छ।’

प्रचलित कानुन र मापदण्ड बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूले सम्बन्धित कागजातहरू कार्यालयमा पेस गरेर नियम अनुसार सञ्चालन हुने तर, कानुन विपरीतका क्रसर उद्योगहरू बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

‘जिल्ला प्रशासन कार्यालयको निर्देशन विपरीत क्रसर उद्योग सञ्चालन गरे कडाभन्दा कडा कारबाही गरिनेछ’ उनले भने, ‘जिल्लामा अवैध क्रसर उद्योग सञ्चालनमा पूर्ण रूपमा रोक लगाइनेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved