फिक्सिङबारे जानकारी भए प्रमाणसहित उजुरी दिन क्यानको अनुरोध

नेपालभ्युज

फिक्सिङबारे जानकारी भए प्रमाणसहित उजुरी दिन क्यानको अनुरोध

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले जारी नेपाल टी–२० क्रिकेट लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङको गतिविधिबारे जानकारी भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।

क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै नेपाल टी–२० मा फिक्सिङ भएकोबारे जानकारी भएमा क्यानको केन्द्रीय कार्यालय वा लिगको एन्टी करप्सन युनिट एसयू मा उजुरी गर्न आग्रह गरेको हो ।

यस विषयमा क्यानको गम्भीर ध्यानाकषर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। क्यानले यस्तो मिथ्यता तथा भ्रामक सूचनाहरू नफैलाउन विनम्र अनुरोध पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved