विशेषको फैसला चित्त नबुझेपछि पुनरावेदनको मागसहित अख्तियारको ६ वटा मुद्दा सर्वोच्चमा 

नेपालभ्युज

विशेषको फैसला चित्त नबुझेपछि पुनरावेदनको मागसहित अख्तियारको ६ वटा मुद्दा सर्वोच्चमा 

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दालाई पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

यसअघि विशेष अदालतबाट फैसला भएका ती मुद्दामा अख्तियारले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो । उनका अनुसार घुस-रिसवत, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको हो ।

गत असार ९ गते सन्तमाया श्रेष्ठविरुद्धको घुस-रिसवत लिई भ्रष्टाचार गरेको मुद्दा सम्बन्धी विशेष अदालतको फैसला, धनेश्वर प्रसाई, सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपाने विरुद्ध घुस-रिसवत लिने दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा गत असार ३ गते भएको फैसला पुनरावेदन गरिएको हो ।

यस्तै, नरबहादुर बोहरा, नरेन्द्रबहादुर भाट, मीनबहादुर बोहरा, मथुरीदेवी बोहरा, तेजबहादुर बोहराविरुद्धको मुद्दामा गत भदौ २९ गते विशेष अदालतले गरेको फैसला उपर पनि अख्तियारले पुनरावेदन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved