फिलिपिन्सको विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्र

नेपालभ्युज

फिलिपिन्सको विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्र

मनिला ।  फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा आइतबार विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार तथा राडार उपकरणमा समेत विद्युत् आपूर्ति भई सयौं उडान रद्द, विलम्ब वा अन्य विमानस्थलतर्फ जानु परेको छ ।

मनिलाको आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन केन्द्रमा आइतबार बिहान ‘प्राविधिक समस्या’ देखिएको छ ।

मनिलाबाट बाहिरिने र भित्रिने ३६० भन्दा बढी उडान रद्द, अवरूद्ध र अन्यत्र पठाउनु परेको हुँदा करिब ५६ हजार यात्रु प्रभावित भएका छन् ।

क्रिसमस र नयाँ वर्षको बिदापछि धेरै मानिस काम र विद्यालय र विश्वविद्यालयका लागि राजधानी फर्कन थालको र विद्युत अवरूद्धताका कारण प्रभावित हुनुपरेको छ ।

देशभरका आगमन तथा निगमन काउन्टरमा यात्रुहरूले विमानको पर्खाइपछि आक्रोशित बनेका थिए । हजारौं मानिसहरूले टिकट पुनः बुक गर्न वा उनीहरूको उडान कहिले सुरु हुन सक्छ भनेर थाहा पाउनसमेत उनीहरूलाई अन्यौल भएको थियो ।

विमान अवरूद्ध भएको घोषणा हुनुभन्दा अघि विमानमा चढेका अन्य व्यक्तिहरू जहाजहरूमा नै घन्टौं सम्म कुरेर बसेका थिए र त्यसपछि विमानबाट ओर्लिएका थिए ।
विमानस्थलका अधिकारीहरूले सुरुमा समस्याको कारण भने खुलाएका छैनन् ।

तर यातायात विभागका सचिव जैमे बौतिस्ताले आन्तरिक र बाह्य उडानलाई नियन्त्रण गर्ने एयर ट्राफिक व्यवस्थापन केन्द्रमा विद्युत् कटौतीका कारण ‘यन्त्रहरू’ मा समस्या भएको र यसले सञ्चार, रेडियो, राडार र इन्टरनेट सेवा अवरुद्ध भएको बताए ।

उनले अपरान्ह् चार बजेपछि विमान अवतरण र उडान पुनः शुरू भएको  बताए ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved