राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयद्वारा विज्ञ टोली गठन

नेपालभ्युज

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयद्वारा विज्ञ टोली गठन

काठमाडौं। गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले ति कागजात वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ । सूचना प्रविधि विज्ञको टोली गठन गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

विज्ञको टोलीले दिने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान खोजिने उनले बताएका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्त्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए ।

उनले राहदानी भागमा अनुगमनसमेत गरेका थिए । शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहजरूपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved