रामचन्द्र पौडेलको टिप्पणी-अहिलेको गठबन्धन लामो समय टिक्दैन

रामचन्द्र पौडेलको टिप्पणी-अहिलेको गठबन्धन लामो समय टिक्दैन

डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा शुक्रबार आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन । अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो गठबन्धन टिक्दैन ।’

मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सदैव लडिरहने उनले बताए । ‘हामी प्रतिपक्षमा बसेर पनि राजनीतिक स्थिरता र सुशासनका निम्ति सदैव लड्नेछौँ,’ नेता पौडेलले भने । उनले राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउँदै भने, ‘देशलाई सहमतिको आवश्यक छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताले हिम्मत गर्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved