नेप्से २ हजार बिन्दुमाथि, ३ अर्बको कारोबार

नेपालभ्युज

नेप्से २ हजार बिन्दुमाथि, ३ अर्बको कारोबार

काठमाडौं। चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकमाथि पुगेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ ।

बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८ प्रतिशत)ले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।

वित्त कम्पनी उपसूचक सर्वाधिक ५.३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४.९२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा उच्च वृद्धि हुँदा बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४६ हजारको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा २१४ कम्पनीको सेयर कारोबार हुँदा २०८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने गिरावट भएको छ ।कारोबार भएकामध्ये ७ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved