स्पेनिस क्लब कासेरेन्यो र काठमाडौं–११ भिड्दैँ

नेपालभ्युज

स्पेनिस क्लब कासेरेन्यो र काठमाडौं–११ भिड्दैँ

काठमाडौं। स्पेनिस क्लब कासेरेन्यो र काठमाडौं–११ बीच मैत्रीपूर्ण खेल आज बिहीबार हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा कासेरेन्यो र काठमाडौं–११ बीचको खेल बेलुकी ५ बजे सुरु हुनेछ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनको कप्तानीमा काठमाडौं–११ मैदान प्रवेश गर्नेछ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा कासेरेन्योले गण्डकी–११ लाई ३–० ले पराजित गरेको थियो।

दुई मैत्रीपूर्ण खेलको लागि लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाल राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा कासेरेन्यो क्लबलाई नेपाल भ्रमण आमन्त्रण गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved