जापानमा कोभिड संक्रमणले एकै दिन ४ सय १५ जनाको ज्यान गयो

नेपालभ्युज

जापानमा कोभिड संक्रमणले एकै दिन ४ सय १५ जनाको ज्यान गयो
तश्वीर: एएफपी

 टोकियो। जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनाको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो ।

अघिल्लो दिन कोभिडले गर्दा  २७१ जनाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ ।

देशभरमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा १३ हजार ३५६ धेरै हो । राजधानी टोकियोमा २० हजार २४३ नयाँ संक्रमित थपिएका छन् ।

देशभरमा आईसीयू, भेन्टिलेटर राखेर उपचार गराउनु पर्ने बिरामी पनि ५७७ जना छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved